श्रृष्टी र सुदेवको नयाँ गीत सार्वजनिक

३२ असार २०७९ ११:३२

दृष्टि बिहिनहरुलाई उत्प्रेरणा दिने उद्देश्यले अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत र स्वरमा यो गीत तयार पारिएको छ । भिडियोमा श्रृष्टि कोसी र सुदेव सुरेशलाई फिचरिङ गरिएको छ । गिथिया बर्मनको निर्देशनमा तयार भएको भिडियोमा आमोश पुठियाटिलको छायांकन, सदिक ज्याकीको कोरियोग्राफी, अडियोको ब्याख्या र लेखनको काम शारदाको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा काठमाडौं महानगरपालिकाको उप–मेयर सुनिता डंगोल, यूरोपियन यूनियनका सद्भावना राजदुत नोना, नायक राजेश हमाल, कलाकार मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त, नायिका सुरक्षा पन्त, पूर्व मिस नेपाल उषा खड्गी लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *