समलिङ्गी प्रेम कथामा ‘मिरा’

३२ असार २०७९ ११:००

समलिङ्गी प्रेम कथामा तयार भएको छोटो चलचित्र ‘मिरा’को ट्रेलर सार्वजनिक भएको छ । अनिता पाण्डेको निर्माण तथा निर्देशनमा तयार भएको यो छोटो चलचित्रले दुई यूवतीविचको प्रेमलाई दर्शाएको छ ।

पेशाले सफ्टवेयर इन्जिनियर रहेतापनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यले आफूले यो चलचित्र निर्माण गरेको उनले बताएकी छिन् । उनले, नेपाली चलचित्रको कथा नै कमजोर भैरहेको बहस चलिरहेको समयमा नेपाली चलचित्रलाई नै चुनौती दिदै आफू यो क्षेत्रमा आएको बताइन् ।

चलचित्रमा अनिताको साथमा अर्नभी ढुंगाना, मौसमम खड्का र अभिषेकले साथ दिएका छन् । अनिल कटुवालको छायांकन रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *