‘संझना विर्सना’लाई दर्शकको सुखद प्रतिक्रियापछि उत्साहित आकाश–पूजा(भिडियो)

३२ असार २०७९ ९:४४

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘संझना विर्सना’ले शनिबार दर्शकको सुखद प्रतिक्रिया पाएपछि नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा उत्साहित देखिएका छन् । आज दर्शकको प्रतिक्रिया वुझ्न काठमाडौंको अष्टनारायण हल पुगेका पूजा र आकाशले दर्शकले चलचित्रलाई राम्रो भनेको बताए ।

चलचित्र हेर्न हलमा पुगेका दर्शकले पनि सिट्टी र ताली बजाउँदै चलचित्रको आनन्द लिएका थिए । उनीहरुले, चलचित्र राम्रो बनेको भन्दै सबैलाई हेर्न आग्रह समेत गरे । निमेष प्रधानको निर्देशनमा तयार भएको यो चलचित्रले शुक्रबार औषत व्यापार गरेको थियो । शनिबार चलचित्रको व्यापार सन्तुष्ट हुने खालको रहेको निर्माताको भनाई छ ।

नायक आकाश श्रेष्ठले चलचित्र राम्रो बनेको भन्दै सबै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । नायिका पूजा शर्माले पनि सबै टिम मिलेर राम्रो चलचित्र बनाएको बताइन् । दार्जिलिङ्गको चिया बगानमा काम गर्ने मजदुरको कथा भनेको यो चलचित्रलाई मल्टिप्लेक्स हलमा पनि राम्रो शोज मिलेको छ ।

चलचित्रको इनिसियल व्यापारमा तपाइहरुको सम्बन्धमा आएको फाटोको असर परेको हो भन्ने प्रश्नमा आकाशले भने–‘हामीले कहिले पनि हामी अलग भएका छौं, सम्बन्ध बिग्रिएको छ भनेका छैनौं । चलचित्रलाई एउटा टिमले बनाउने हो । सबैको मिहिनेतले राम्रो चलचित्र बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *