बेनिशा र मुकुनलाई लिएर ‘बिजुली च्याप्टर १’को घोषणा

३१ असार २०७९ १३:४२

चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै यसको फस्टलुकसँगै चलचित्र निर्माणको घोषणा गरियो । विकास गिरीको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा लुना केसीको लगानी रहनेछ ।

बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, बेनिशा हमाल, कालुराना अनुवन्धित भएका छन् । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर चलचित्र बनाउन लागिएको हो । केदार भुषाल क्रियटिभ निर्माता रहने चलचित्रमा हरि घलेको छायांकन रहनेछ । निर्देशक गिरीले चलचित्रबारे भने–‘यो हिन्दू धर्मग्रन्थका पात्रको आधुनिक एडप्टेसन हो ।’

नायक मुकुन भुषालले चलचित्रमा आफ्नो भूमिकाका लागि निक्कै मिहिनेत गर्नुपर्ने बताए । नायिका बेनिशा हमालले नयाँ जोश र जागर बोकेको नयाँ टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । यो चलचित्रको दोश्रो च्याप्टर पनि बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *