अनमोललाई लिन राजनीतिक पावर लगाएको कुरा वाहियात होः पूजा शर्मा(भिडियो)

३० असार २०७९ १२:१६

नायिका पूजा शर्माले आफ्नै लगानीमा बन्ने चलचित्रका लागि नायक अनमोल केसीलाई साइन गरिन् । अनमोल र पूजाले यसअगाडि पनि सहकार्य गर्न चाहेका थिए । तर, बारम्बार हुन नसकेको सहकार्य यसपटक भने हुने पक्का भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रको छायांकन कार्तिकपछि सुरु हुनेछ ।

चलचित्रमा अनमोल साइन भएपछि विभिन्न खालका चर्चा समेत सुरु भएको छ । विशेषगरि, अनमोललाई लिनका लागि नायिका शर्माले आफ्ना प्रेमी युद्ध बाँनियाको माध्यमबाट राजनीति पावर समेत लगाएको खबर सार्वजनिक भएको थियो ।

युद्धका काका इन्द्र बानियाँ नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । यसैले, उनको राजनीतिक पावर लगाएर अनमोलका पिता भूवन केसीलाई विकास बोर्ड अध्यक्ष बनाउने र अनमोलले चलचित्र खेल्ने पक्का भएको कुरा सार्वजनिक भयो ।

तर, यो बिषयमा पहिलो पटक मुख खोल्दै नायिका पूजा शर्माले यो सबै कुरा वाहियात भएको बताएकी छिन् । उनले भनिन्–‘यी सबै कुराहरु वाहियात हुन् । अनमोल यही क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन् । उनीसँग हाम्रो पारिवारिक सम्बन्ध समेत छ । अनमोललाई चलचित्रको कथा मनपरेपछि उनी काम गर्न राजी भएका हुन् ।’

पूजाले यस्ता खालका समाचार सार्वजनिक हुँदा काम गर्न तयार भएका २ कलाकारको मनोबल गिर्ने पनि बताइन् । उनले अगाडि भनिन्–‘बलिउडमा ठूला ठूला कम्पनी मिलेर काम गरिरहेका छन् । हामी पनि राम्रो टिम बनाएर काम गर्न चाहन्छौ । तर, यस्ता खालका वाहियात खबरले मिडियाको टिआरपी त बढ्ला तर चलचित्र क्षेत्रलाई राम्रो गर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *