‘प्रकाश’मा खेत जोत्दै प्रदीप

२७ असार २०७९ ५:४८

चलचित्रको पर्दामा चकलेटी अनुहारका धनी नायक प्रदीप खड्काले नायिकाहरुसँग खुबै रोमान्स गरे । बिदेशदेखि नेपालका रमणीय स्थानमा नायिकासँग महंगा पहिरनमा रोमान्स पनि गरे ।

तर, उनै प्रदीपको गेटअप अब फेरिएको छ । भदौ १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रकाश’मा प्रदीप शिक्षक र कृषक दुबै भूमिकामा देखिएका छन् । निर्माणपक्षले सार्वजनिक गरेको नयाँ तस्वीरमा प्रदीप खेत जोत्दै गरेको देखिएका छन् । यसले, चलचित्र र उनको भूमिकालाई लिएर दर्शकको कौतुहलता अझै बढ्ने देखिएको छ ।

दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *