रणवीर र दीपिकाले किने ११९ करोडमा अपार्टमेन्ट

२७ असार २०७९ ५:४२

बलिउड नायक रणवीर सिंहको करिअर उचाईमा छ । नायिका दीपिका पादुकोणसँग बिहे गरेर घरयासी जीवन समेत अगाडि बढाइरहेका रणवीरले जीवनशैलीलाई पनि परिवर्तन गरिरहेका छन् ।

उनै, रणवीरले बलिउडका २ चर्चित नायक साहरुख खान र सलमान खानको घरको नजिकै महंगो रकममा अपार्टमेन्ट खरिद गरेका छन् । मुम्बइको बान्द्रामा १ सय १९ करोडमा अपार्टमेन्ट किनेका हुन् । क्वाड्राप्लेक्सको बिल्डिङको १७, १८, १८ र १९ फ्लोरमा नयाँ अपार्टमेन्ट किनेका हुन् ।

यो घरको पुरा एरिया ११ हजार २ सय ६६ स्क्वायर फिट छ । यसमा १३ सय स्क्वायर फिटको टेरेस गार्डेन पनि छ । यस्तै, उनलाई १९ वटा पार्किङ एरिया पनि दिइएको छ । यसका लागि रणवीरले ७.१ करोडको स्ट्याम्प ड्यूटी पनि भरेका छन् । रणवीर अहिले आफ्नो पछिल्लो चलचित्र ‘रक्की रानी कि प्रेम कहानी’को छायांकनमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *