नितीले १४ लाखमा अहिले होइन, पहिले साइन गरेकी हुन् ‘हुतुतु’

२७ असार २०७९ ५:३५

नेपाली चलचित्र क्षेत्रमा प्रबेश गर्नका लागि प्रतिक्षामा रहेकी मोडल निती शाहले केही समय अगाडि सन्तोष सेनको निर्माणमा बन्ने भनिएको चलचित्र ‘हुतुतु’ साइन गरेकी थिइन् । नायक प्रदीप खड्काको रुची देखाएपछि निती चलचित्र साइन गर्न अग्रसर भएकी हुन् ।

उनले, यो चलचित्र निर्माण कम्पनीसँग नभएर एक एजेन्सीसँग साइन गरेकी थिइन् । तर, अब यो चलचित्र बन्ने या नबन्ने निश्चित छैन । चलचित्र साइन गर्दा नितीले १ लाख ५० हजार संझौता रकम समेत लिएकी थिइन् ।

यो चलचित्र साइन गरेपछि नितीले अन्य चलचित्र साइन गरेकी छैनन् । निती अहिले राम्रो कथाको प्रतिक्षामा छिन् । नितीका म्यानेजर निराजन गिरीले पनि अहिले कुनै चलचित्र साइन नभएको बताए । ‘हुतुतु’ साइन गरेको बिषयमा नितीले पहिले नै जानकारी गराएकी थिइन् ।

चलचित्रमा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन लगायतका कलाकार हुने पक्का भएको थियो । तर, अब यो चलचित्रको काम कहिलेबाट सुरु हुन्छ पक्का भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *