अमेरिकाबाट आएकी नन्दिता भन्छिन्–‘लेखेको समय नभई बिहे हुँदैन’(भिडियो कुराकानी)

२७ असार २०७९ ५:२०

नायिका नन्दिता केसी केही समय अगाडि अमेरिका गइन् । अमेरिकामा नै बसोबास गर्न थालेकी नन्दिताले बिहे भने गरेकी छैनन् । चलचित्र हेर्ने पछिल्ला दर्शकले उनी बिर्सिसकेका पनि छन् । उनै, नन्दिताले बिहे नहुनुको कारण समयलाई दोष दिएकी छिन् । उनले भनिन्–‘बिहे भनेको नजुरेसम्म नहुने रहेछ । यसैले, समय आएपछि मैले चाहेर पनि हुँदैन ।’

उनले, बिहेका लागि कुनै पनि व्यक्तिसँग विश्वास र कनेक्शन हुनुपर्ने बताइन् ।

नन्दिताले अरुको बिहे हेर्दा हेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत बताइन् । उनले भनिन्–‘बिहे भनेको आफ्नो इच्छा अनुसार गर्नुपर्छ । म कसरी गर्छु भन्ने अहिले नै भन्न सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *