नीता–हरिहरलाई भूवनको शुभकामना–‘अनमोल जस्तै छोरा जन्माउनु’(भिडियो)

२७ असार २०७९ ५:१३

शुक्रबार बैबाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा भव्य पार्टीको आयोजना गरे । उनीहरुको पार्टीमा केही चलचित्रकर्मी पनि पुगेका थिए ।

पार्टीमा पुगेका नायक भुवन केसीले भने हरिहर र नीतालाई रमाइलो शुभकामना दिए । बिहे लगतै उनले भने–‘नीता र हरिहरको जोडी एकदमै सुहाएको छ । अब, अनमोल केसी जस्तै छोरा पाउनु अनी चलचित्र क्षेत्रमा ल्याउनु होला ।’

भुवनले नीता र हरिहरको जोडी सुहाएको समेत बताए । नीता र हरिहरको बिहे पार्टीमा नायक राजेश हमाल, नायिका नीशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी लगायत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *