प्रकाशको ‘शिरको फूल शिरैमा’मा राजा–रानी बने आकाश र तनुजा

२६ असार २०७९ १२:३४

गायक प्रकाश रेग्मीले निरन्तर गीतसंगीत बजारमा ल्याइरहेका छन् । उनै, प्रकाशले गायिका रेश्मा पुनसँग मिलेर ‘शिरको फूल शिरैमा’ बोलको गीत सार्वजनिक गरेका छने् । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको यो गीतमा राम अबिरल बिष्टको शब्द एसडी योगीको संगीत छ ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव वीकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ ।

लोक शैलीको यो गीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *