सुरविनाको नबदलिएको बोल्ड छवि

२५ असार २०७९ १२:३५

नायिका सुरविना कार्कीले नवल खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’को छायांकन सकिन् । यो बाहेक उनको हातमा अन्य चलचित्रको अफर छैन ।

तर, म्युजिक भिडियोको हकमा भने उनी भाग्यमानी साबित हुँदै गएकी छिन् । सुरविनाले राम्रा राम्रा ब्यानरका भिडियोमा काम गरिरहेकी छिन् । तर, सुरविनाको लक्ष भनेको भिडियोमा मात्र भुल्नु होइन । उनी, चलचित्रमा पनि अभिनय क्षमता देखाउन चाहन्छिन् । तर, उनको सुरुवाती दिनको बोल्ड छविले अझै पनि करिअर बदल्न गाह्रो भैरहेको छ ।

हालै मात्र एक म्यूजिक भिडियोको छायांकनका क्रममा भेटिएकी सुरविना बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् । उनले काम गरेका धेरैजसो म्यूजिक भिडियोमा भने उनको अभिनय क्षमता देखिने गरेको छ ।

तस्वीरः राज मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *