‘ह्यारी कि प्यारी’ को फस्टलुक किन यत्ति कमजोर ?

२५ असार २०७९ ११:४५

चलचित्र ‘ह्यारी कि प्यारी’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कपिल रिजालको निर्देशनमा बनेको यो चलचित्र कार्तिकको २५ गतेबाट रिलिज हुने पक्का भएको छ । वितरकहरुसँगको सल्लाहामा चलचित्रको प्रदर्शन मिति तय गरिएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपाल मुख्य भूमिकामा छन् । चलचित्रको फस्टलुकमा साम्राज्ञी दुलहीको भेषमा छिन् भने जितुले बाजा बजाइरहेका छन् ।

चलचित्रको फस्टलुक भने निक्कै कमजोर बनाइएको छ । साम्राज्ञीको गेटअपले दर्शकलाई आकर्षित गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *