‘परदेशी २’को टिजरमा अमेरिका जाने नेपालीको पीडा

२४ असार २०७९ १७:१४

नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी २’को संवाद नै संवादले भरिएको टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले यो चलचित्रलाई असोजको १४ गते रिलिज गर्ने पक्का गरेको छ ।

राजेश बंशल र नारायण रायमाझीको लगानीमा तयार भएको यो चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमााझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बस्नेत, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको टिजरमा अमेरिका गएको विद्यार्थी र उसको जीवनमा आइपर्ने अनेक वाधाको घटनालाई प्रस्तुत गरिएको छ ।

दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, बबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राइको कोरियोग्राफी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *