एक भए नीता र हरिहर(भिडियोसहित)

२४ असार २०७९ १७:०५

नायिका नीता ढुंगाना आफ्ना प्रेमी हरिहर अधिकारीसँग बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज काठमाडौंको पाँच तारे होटलमा यी दुइले अग्नीलाई साक्षी राखेर बिहे गरे ।

बिबाह समारोहमा नेपाली फिल्म क्षेत्रका केही कलाकारहरु पनि पुगेका थिए । नायिकाहरु रेखा थापा, संचिता लुइटेल, अनु शाह, नम्रता सापकोटा, रेजिना उप्रेती लगायत बिहेमा देखिएका थिए । २ बर्ष भन्दा लामो समयको प्रेम सम्बन्धलाई नीता र हरिहरले बैबाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरुले आइतबार बेलुकी पाँच तारेमै भव्य बिहे भोजको समेत आयोजना गरेका छन् ।

नीता र हरिहरको बिहे समारोहमा मिडियालाई प्रवेश थिएन भने उपस्थित पाहुनाहरुलाई पनि मोबाइलबाट फोटो खिच्न दिइएको थियो । जसकाकारण, उनीहरुले आधिकारिक रुपमा अधिकार दिएको वेडिङ कम्पनीले मात्र फोटो र भिडियो खिचेको थियो । जसकाकारण, अधिकांश अतिथी कलाकारहरुले नीता र हरिहरसँग तस्वीर खिच्न पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *