‘बाबरी’को दोश्रो गीत ‘चुलबुल’: धिरजसँग अदितीको छमछमी

२३ असार २०७९ ११:१०

पहिलो गीत सार्वजनिक भएसँगै चर्चा पाएको चलचित्र ‘बाबरी’को दोश्रो गीत ‘चुलबुल’ सार्वजनिक गरिएको छ । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुजन चापाँगाई र सुनिता थेगिमको स्वर छ । गीतमा सुजनको संगीत, रविन्द्र लामिछानेको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक धिरज मगर र नायिका अतिदी वुढाथोकीको नृत्य हेर्न सकिन्छ ।यो चलचित्र भदौको ३१ गतेबाट रिलिज हुँदैछ । दोश्रो गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको आकर्षण बढ्ने निश्चित छ ।

सुरेन्द्र पौडेलको कथा, सम्पादन र निर्देशनमा तयार भएको यो चलचित्रमा सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको लेखन छ । पुष्पलता अधिकारी र गणेश वुढाथोकी यो चलचित्रका निर्माता हुन् ।

चलचित्रमा धिरज र अदितीको साथमा धिरज नाडकर, तृप्ती नाडकर लगायतका कलाकारको अभिनय छ । भिडियोमा अन्जली खत्री र विक्रम लामाको कोरियोग्राफी, नरेन्द्र मैनालीको छायांकन छ । सुष्मा गुरुङ चलचित्रको सह–निर्मात्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *