‘जेरी २’को अफर आएको छैन, आयो भने गर्छुः निती शाह(भिडियो कुराकानी)

२३ असार २०७९ ७:१६

मोडल निती शाह चलचित्रमा काम गर्ने सोचका साथ अगाडि बढेकी छिन् । कुनै समय चलचित्रको अफर जाँदा समेत स्विकार नगर्ने नितीले अब भने चलचित्रमा काम गर्ने सोच बनाएकी हुन् । जसकाकारण, उनी चलचित्रको कथा पनि पढिरहेकी छिन् ।

केही हप्ता अगाडि मात्र नायक अनमोलसँग काम गर्ने सोचका साथ उनले निर्माता भूवन केसीलाई फोन गरेको खबर बाहिरिएको थियो ।

उनै, नितीले आफूलाई चलचित्र ‘जेरी २’बाट अफर आएको खण्डमा काम गर्ने चाहना व्यक्त गरेकी छिन् । उनले मिडियासँग कुराकानी गर्दै भनिन्–‘पक्कै पनि यस्तो अवसर आयो भने म छाड्दिनँ । तर, अहिलेसम्म अफर आएको छैन ।’

नितीले आफूले चलचित्रमा काम गर्ने सोच बनाएपछि यसको तयारी पनि गरिरहेको बताइन् । काम गर्ने भनेर हतारिन नहुने तर्क गर्दै उनले तयारीका साथ दर्शकलाई निराश नबनाउने गरि काम गर्ने तर्क गरिन् ।

उनले आफू नायक दयाहाङ राईबाट प्रभावित भएको समेत बताइन् । बौद्धमा सुरु भएको रेड मड कफीको नयाँ शाखाको उद्घाटन गर्न पुगेकी नितीले आफू कफीको पारखी भएको समेत तर्क गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *