‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को निर्णायकमा सलिन र सलोन

२२ असार २०७९ १४:१२

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले एक पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुल्ला भएको जनाएको छ । १६ देखि २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सन् २०१७ मा पहिलो संकरण आयोजना भएपछि दोश्रो संकरण ५ बर्षको अन्तरमा गर्न लागिएको हो ।

एसईई तथा प्लस टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सदको समय सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजमा रु २० लाख रुपैंयासम्मको छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् ।

त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, नायकद्धय सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *