नीताको मेहेन्दीमा रेखा र अनु

२२ असार २०७९ १४:००

असारको २४ गते बैबाहिक जीवनमा बाँधिन लागेकी नायिका नीता ढुंगानाको आज मेहेन्दी सेरेमोनी आयोजना गरिएको छ । झम्सिखेलमा आयोजना गरिएको मेहेन्दी सेरेमोनीमा नीताले प्रेमी हरिहर अधिकारीको नामको मेहेन्दी लगाइन् ।

नीतालाई मेहेन्दी लगाइदिन नायिकाद्धय रेखा थापा र अनु शाह पनि पुगेका थिए । नीताले सार्वजनिक गरेको तस्वीरमा उनीहरुले हातमा मेहेन्दी लगाइदिदै गरेको देख्न सकिन्छ ।

केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले चलचित्रको छायांकन सुरु गर्नु अगाडि बिहे गर्ने निर्णय गरेका हुन् । उनीहरुको बैबाहिक समारोह भने याक एन्ड यति होटलमा आयोजना हुनेछ । बिहेको पार्टी असार २६ गते आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *