‘परस्त्री’ले छाड्यो ‘के घर के डेरा’लाई कार्तिक ४ को डेट

२२ असार २०७९ १३:३४

कार्तिक ४ गतेबाट रिलिज हुने भनिएको नेपाली चलचित्र ‘परस्त्री’ अब फागुणको १९ गते रिलिज हुने भएको छ । यो मिति भने निर्मात्री शर्मिला पाण्डेले निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘के घर के डेरा’लाई छाडिदिएकी छिन् । केही दिन अगाडि मात्र छायांकन सकिएको यो चलचित्र अब तिहारको अबसरमा कार्तिक ४ गतेबाट रिलिज हुने भएको छ ।

काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको रिलिज मिति निर्माणपक्षले सार्वजनिक गरेको हो । निर्माता र वितरक मात्र उपस्थित कार्यक्रममा कलाकार र निर्देशक भने अनुपस्थित थिए ।

यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झाको मुख्य भूमिका छ ।

युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् । निर्माणपक्षका अनुसार, चलचित्रको बजेट साढे ३ करोड पुगिसकेको छ । चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, दिर्घ गुरुङको छायांकन छ ।

चलचित्रलाई जीजीए ग्रुपले काठमाडौंमा वितरण गर्नेछ । ३५ बर्ष अगाडि बनेको ‘के घर के डेरा’को नाम सापटी लिदै यो चलचित्र बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *