साउथ स्टार सामन्था प्रभुको बलिउडमा डेब्यू पक्का

२२ असार २०७९ १०:०२

साउथका स्टारहरुले धमाधम बलिउडमा अभिनय गरिरहेका छन् । कोरोना महामारीपछि विश्व बजारमा साउथका स्टारहरुको अनुहार पनि विक्न थालेपछि उनीहरुलाई बलिउडका मेकरले पनि धमाधम चलचित्रमा लिन थालेका छन् ।

यसैविच, साउथकी सुपरस्टार नायिका सामन्था रुथ प्रभु पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छिन् । भारतीय मिडियाका अनुसार, उनलाई बलिउडका सफल नायक आयुष्मान खुरानाका साथमा काम गर्ने अवसर मिलेको छ ।

चलचित्रको कथा मनपरेपछि सामन्थाले साइन गरिसकेकी छिन् । यो चलचित्रलाई बर्षको अन्तिममा छायांकनमा लैजाने योजना निर्माणपक्षको छ । आउँदो बर्ष चलचित्रको रिलिज हुनेछ । चलचित्रमा कमेडी, ड्रामा र सस्पेन्स पनि हुनेछ ।
चलचित्रको निर्देशक भने पक्का नभैसकेको मिडिया रिपोर्टमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *