‘राधाः द सेक्रेट’को तीज गीतमा प्रियंका र श्रृष्टीको छमछमी(फोटो र भिडियो)

२२ असार २०७९ ९:३४

नायिका प्रियंका कार्की आमा बनेपछि पहिलो पटक चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । उनले भदौको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधाः द सेक्रेट’को एक गीतमा नृत्य गरेकी हुन् । आज छायांकन भैरहेको ‘राधा पियारी’ बोलको तीज गीतमा प्रियंका र नायिका श्रृष्टी श्रेष्ठले नृत्य गरेका छन् ।

चलचित्रमा श्रृष्टी शिर्ष भूमिकामा छिन् भने प्रियंकाले गीतमा मात्र नृत्य गरेकी हुन् । गीत छायांकनमा निक्कै रमाइलो भएको भन्दै प्रियंकाले चलचित्रको सेटमा फर्किदा खुशी लागेको बताइन् ।

नायिका श्रृष्टी श्रेष्ठले चलचित्रको कथामा तीज गीतको माग भएकाले समावेश गरिएको बताइन् । चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका छन् । सौगात मल्ल र सुवर्ण थापाले मिलेर बनाएको चलचित्रमा श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यो गीतमा कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन छ । चलचित्रले एक महिलाको दृष्टिकोणबाट समाजलाई हेर्ने निर्माता सौगात मल्लले बताए ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *