निर्माता भएपछि सौगातलाई प्रेसर

२२ असार २०७९ ९:२१

अरुको लगानीमा बनेका चलचित्र बर्षमै एक दर्जन खेलेका नायक सौगात मल्ललाई अहिले भने दबाब छ । उनी आफैले लगानी गरेको चलचित्र ‘राधाः द सेक्रेट’ भदौको १० गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रदर्शन मिति नजिकिदै गएपछि उनी दौडधुप गरिरहेका छन् । बुधबार काठमाडौंको पाशुपत क्षेत्रमा चलचित्रमा समावेश ‘राधा पियारी’ बोलको तीज गीतको छायांकनका क्रममा सौगातको दौडधुप खुबै देखियो ।

यो गीतको भिडियोमा नायिका श्रृष्टी श्रेष्ठ र अतिथी नायिका प्रियंका कार्कीले कम्मर मर्काइरहँदा सौगात भने फोनमा नै बढी व्यस्त भए । खुबै दबाब हुने रहेछ है भन्ने प्रश्नमा उनले भने–‘पक्कै पनि त्यो त भैहाल्छ । तर, यसलाई सामान्य रुपमा नै लिनुपर्छ ।’

सौगातले ‘राधा’को जस्तो कथा भनिन आवश्यक रहेकाले पनि यो चलचित्रमा लगानी गरेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *