‘झिँगे दाउ’को गीत रिलिजमा आँचल र केकीको पहिरनको चर्चा

२१ असार २०७९ १६:२९

नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा मंगलबार आयोजना भएको चलचित्र ‘झिँगे दाउ’को गीत रिलिज कार्यक्रममा पुगे । गीत रिलिज कार्यक्रममा दुई विवाहित नायिकाको पहिरन भने विल्कुलै फरक देखिन्थ्यो । कार्यक्रममा आँचलले कालो रंगको बोल्ड पहिरन लगाएकी थिइन् । आफूलाई मेन्टेन गरिरहेकी आँचलको फिगर छोटो पहिरनले स्पष्ट रुपमा देखिएको थियो ।

आँचल भन्दा २ बर्ष ढिला बिहे गरेकी केकी भने सारीमा देखिएकी थिइन् । कार्यक्रममा आफूहरु चलचित्रमा जेठानी–देउरानीको भूमिकामा देखिएकाले पनि सल्लाहा गरेरै पहिरन लगाएको भन्दै केकीले कुरा टारिन् । तर, आँचलले शरीर मेन्टेन गर्न थालेपछि कालो रंगको छोटो पहिरनलाई बढी रुचाउन थालेकी छिन् । केकीलाई भने प्रायः कार्यक्रममा सारीमा नै देख्ने गरिन्छ ।

यो चलचित्र भदौको १७ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *