साराको ‘गुञ्जन’ पौष २९ मा रिलिज हुने

२१ असार २०७९ १६:२०

नायिका सारा सिर्पालीले अभिनय गरेको चौथो चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति बल्ल तय गरिएको छ । यो चलचित्र लकडाउन अगाडि नै रिलिज भएको थियो । अष्ट महर्जनको निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति पौष २९ गतेलाई तोकिएको वितरण करण क्रेजीले जानकारी दिए । काठमाडौंलाई काठमाडौं बाहिर भने एफडी कम्पनीले वितरण गर्दैछ ।

हिराकृष्ण शाहीको लगानीमा बनेको यो चलचित्रमा नायक कविर खड्का, नायिका सारा सिर्पाली र नव–कलाकार प्रितमराज सेन्चुरीको मुख्य भूमिका छ ।

चलचित्रलाई सांगीतिक प्रेमकथामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । ३ वटा चलचित्र लगातार असफल भएपछि साराको सम्पूर्ण आशा यही चलचित्रमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *