ब्याचलर पार्टीमा विन्दास नीता

२० असार २०७९ १६:२२

नायिका नीता ढुंगाना असारको २४ गते बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले, प्रेमी हरिहर अधिकारीसँग बिहे गर्न लागेकी हुन् । नीताले बिहे गर्न लागेको जानकारी दिदै आज सबैको आर्शिवादको आवश्यकता रहेको पनि बताएकी छिन् ।

बैबाहिक जीवनमा बाँधिनु भन्दा केही दिन अगाडि नीताले आफ्नो यूवती साथीहरुसँग ब्याचलर पार्टी मनाएकी छिन् । काठमाडौंको एक होटलमा नीताका साथीहरुले उनका लागि केक काटिदिए । ब्याचलर पार्टीमा नीताका सबै साथीहरुले कालो रंगको पहिरन लगाएका छन् । नीता भने सिल्भर कलरको पहिरनमा छिन् ।

नीता साथीहरुसँग बिन्दास देखिन्छिन् । उनको असार २२ गते मेहेन्दी सेरेमोनीको आयोजना हुँदैछ । हरिहर र नीता केही बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *