‘जुग जुग जिओ’लाई दोश्रो सातामा राहत

२० असार २०७९ ९:०८

पहिलो सातामा असफल हुने बाटोतिर लागेको बलिउड चलचित्र ‘जुग जुग जिओ’लाई दोश्रो साताको विकेन्डले राहत दिएको छ । यो चलचित्रको दोश्रो साताको विकेन्डमा लोभलाग्दो कलेक्शन गर्यो ।

चलचित्रले दोश्रो साताको शुक्रबार ३.०३ करोड, शनिबार ४.७५ करोड र आइतबार ६.१० करोडको कमाई गर्यो । योसँगै चलचित्रको व्यापार ६७.५४ करोड पुगेको छ । चलचित्रले विश्व बजारबाट एक सय करोडको व्यापार गरेको छ ।

चलचित्रले एक सय करोडको व्यापार गरेपछि नायक बरुण धवनले खुशी व्यक्त गरेका छन् । चलचित्रमा नायिका कियारा आडवाणी, नायक अनिल कपुर र कलाकार नितु सिंहको मुख्य भूमिका छ ।

बलिउडमा यो बर्ष बक्स अफिसमा चलचित्रले गतिलो व्यापार गरिरहेका छैनन् । कार्तिक आर्यनको ‘भूल भूलैयाँ २’ले बक्स अफिसमा ब्लकबस्टरको व्यापार गरेको थियो भने अन्य चलचित्र व्यापारमा संघर्ष गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *