‘लण्डन टू पेरिस’ छायांकनका लागि २ नायकसँग लण्डन उडे साम्राज्ञी र गरिमा(भिडियोसहित)

२० असार २०७९ ८:३१

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल गरिमा शर्मा लण्डन उडेका छन् । चलचित्र ‘लण्डन टू पेरिस’को छायांकनका लागि उनीहरु आज लण्डन उडेका हुन् । यो चलचित्रको छायांकन लण्डन र पेरिसमा हुनेछ । घनश्याम लामिछानेको निर्देशनमा तयार हुने यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिकामा छन् ।

अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको चलचित्रमा अजित सिंह सह–निर्माताको रुपमा छन् ।

यो चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेशनलको ब्यारनमा निर्माण हुने चलचित्रका लागि निर्देशकसहितको टिम केही दिन अगाडि नै लण्डन उडेको थियो । त्रिभुवन विमानस्थलसँग मिडियासँग कुरा गर्दै नायिका साम्राज्ञीले आफू चलचित्रलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएकी छिन् ।

साथै, उनले आफूलाई सुरुमा भेट्ने मान्छेले घमण्डी भनेपनि आफूसँग संगत गरेपछि त्यस्तो नपाउने प्रतिक्रिया दिइन् । यो चलचित्रबाट गरिमा र निश्चलले यो क्षेत्रमा डेब्यू गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *