बालेनलाई करिश्माको प्रश्न–‘मकै र चटपटे पाँच तारे होटलमा लगेर बेच्ने हो ?’

२० असार २०७९ ७:३१

नेकपा एमालेकी नेतृ तथा नायिका करिश्मा मानन्धरले काठमाडौं महागरका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक संजालमा लामो स्टाटस लेखेकी छिन् । विशेषगरि, केही दिन अगाडि मकै पोलेर सडकमा व्यापार गर्दै आएका एक दम्पत्तीको रोजिरोटी नै महानगरले खोसिदिएपछि चर्को आलोचना भैरहेको छ । सोही प्रसंगलाई उल्लेख गर्दै करिश्माले हरेक मानिसको बाँच्ने अधिकारको सम्मान गर्न सुझाव दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘महानगर सफा हुनुपर्छ, सहि हो । हामीले आफ्नो करोडौं पर्ने जग्गा र घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गरेको सहि हो । बाटोमा हिड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन, त्यो पनि सही हो । तर, गाउँ छाडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु भन्ने प्रश्न मुख्य हो ।’ करिश्माले यदि कोही व्यक्ति यो देशको नागरिक हो भने उसले समग्र भुमीमा टेक्ने अधिकार पाउने पनि उल्लेख गरेकी छिन् । उनले, कोही व्यक्ति अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ भन्दै प्रश्न गरेकी छिन् । उनले, ती मानिसहरुलाई संझाएर भन्न पनि सुझाव दिएकी छिन् ।

उनले अगाडि लेखेकी छिन्–‘तपाइहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउन र लागू गर भनेर मात्र होइन । हरेक लागू गरेका नियमहरुको परिणम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । पर्यटकहरुले समेत यसको आनन्द उठाइरहेका हुन्छन् । व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध गर्न तर्फ लाग्ने ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ करिश्माले गाउँमा नै सबै कुराको सुविधा भैदिएको भए कोही पनि व्यक्ति शहर नछिर्ने भन्दै अगाडि लेखेकी छिन्–‘ठिक छ, यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही पनि छैन । तर, अहिले हेर्दा यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *