‘बाबरी’की ‘चुलबुले’ अदिती

२० असार २०७९ ६:३७

नायिका अदिती वुढाथोकीलाई भदौको ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ विशेष प्रतिक्षामा छ । किनकी, लामो समयपछि उनी दर्शकमाझ आउँदैछिन् । अर्कोतिर, यो चलचित्रमा उनको परिवारको लगानी छ । यसर्थ, चलचित्रलाई सफल बनाउन उनले कुनै कसर बाँकी नराख्ने पक्का छ ।

चलचित्रको शिर्ष गीतले दर्शकको मनमा नयाँ तरंग पैदा गरिरहेको छ । यो गीत सुपरहिट भैसकेपछि यसको निर्माणपक्षले असारको २३ गते ‘चुलबुल चुलबुल’ बोलको गीत सार्वजनिक गर्दैछ ।

चलचित्रको यो गीतमा पनि मुख्य कलाकारहरु अदिती वुढाथोकी र धिरज मगरको नृत्य हेर्न पाइनेछ । निर्देशक सुरेन्द्र पौडेलले शिर्ष गीत भन्दा अझै उत्कृष्ट यो गीत रहेको बताए ।

गीत सार्वजनिक हुनु भन्दा केही दिन अगाडि अदितीले यसको केही तस्वीहरु सार्वजनिक गरेकी छिन् । ‘बाबरी’की चुलबुले अदितीलाई दर्शकले रुचाएको खण्डमा उनको माग यो क्षेत्रमा ह्वात्तै बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *