प्रेमिका र बिहेको बिषयमा आकाश–पूजाको झगडा(भिडियो कुराकानी)
२० असार २०७९ ६:२८
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘संझना विर्सना’ असारको ३१ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।
चलचित्रको रिलिज मिति नजिकिदै जाँदा आकाश र पूजा प्रचारमा पनि दौडिरहेका छन् । यसैबिच, हिट नेपालसँगको कुराकानीका क्रममा आकाश र पूजाको प्रेमिका र बिहेको बिषयमा झगडा नै पर्यो ।
आकाशले आफू अहिलेसम्म प्रेममा नरहेको बताउँदा पूजाले स्विकार गरिनन् । उनले, सधै प्र्रेमिका छैन भनेर झुट नबोल्न आकाशलाई आग्रह गरिन् । उनले, भगवान्सँग डराउन पनि आकाशलाई सुझाव दिइन् ।
यता, आकाशले पनि पूजाको यसै बर्ष बिहे हुँदैन भन्ने कुरालाई स्विकार गरेनन् । तर, पूजाले भने बिहेको कुरा भएको तर यो बर्ष नहुने तर्क गरिन् । कुराकानीका क्रममा कैयौ स्थानमा झगडा गरेपनि आकाश र पूजाले एक अर्कासँगको मित्रता भने कम नभएको बताए ।