रोमानियामा ‘वर एण्ड वधु’ टिम, आँचल यसै साता उड्ने

२० असार २०७९ ६:०८

चलचित्र ‘वर एण्ड वधु’को छायांकनको पूर्व तयारीका लागि निर्देशक मिलन चाम्ससहितको टिम रोमानिया पुगेको छ । चलचित्रका छायांकार सुदिप बराल, मुख्य सहायक निर्देशक गिरिराज घिमिरे लगायतको टिम रोमानिया पुगेको हो । उनीहरुले, लोकेशन फाइनल गरेपछि कलाकारहरु जुलाई ८ तारिखमा रोमानिया पुग्नेछन् ।

नायिका आँचल शर्मा, डेब्यू नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने यो चलचित्रले विवाह र प्रेमकथालाई प्रस्तुत गर्नेछ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा विजय लामा, रमेश वुढाथोकी, रविन्द्र खड्का, किरण केसी, वुद्दि तामाङ, हिमेश पन्त, रविना केसी, सन्तोष खनाल, श्रृष्टी खड्का लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केमियो भूमिकामा काम गर्नेछिन् ।

रोमानियापछि चलचित्रको छायांकन इटाली र फ्रान्समा गरिनेछ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, अर्जुन पोखरेल र युग भुषालको संगीत, अर्जुन जीसीको सम्पादन, रविन्द्र सुवेदीको छायांकन रहनेछ ।

चलचित्रलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिने निर्देशक चाम्सले जानकारी दिए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *