डुब्लिकेट भूमिकामा काम गर्न चाहन्छन् अनमोल

२० असार २०७९ ५:५९

नायक अनमोल केसीले ‘ए मेरो हजुर ४’ हिट भएपछि २ वटा चलचित्र साइन गरेका छन् । उनले चलचित्र ‘छड्के २’ र नायिका पूजा शर्माको चलचित्र साइन गरेका छन् । यी दुबै चलचित्रमा अनमोल फरक–फरक भूमिकामा देखिदैछन् ।

तर, वुझिएअनुसार अनमोललाई डुब्लिकेट भूमिकामा काम गर्न खुबै मन लागेको छ । उनी, यस्तो कथाको खोजीमा छन् ।

अनमोलले चलचित्रमा दोहोरो भूमिकामा निर्वाहा गर्न चाहन्छन् । हुनत, उनले चलचित्र ‘ए मेरो हजुर ३’मा दोहोरो भूमिका निर्वाह गरेका थिए । तर, त्यो डुब्लिकेट थिएन । एउटै व्यक्तिले २ वटा भूमिका निभाएको चलचित्रमा देखाइएको थियो । तर, अनमोल भने डुब्लिकेट भूमिकाका लागि व्यग्र प्रतिक्षामा छन् ।

आजसम्म केही एक्सन र अधिकांश लभ स्टोरी कथामा नै काम गरेका यी सुपरस्टार अब भने केही फरक गर्न चाहन्छन् । उनको चलचित्रमा डुब्लिकेट भूमिकामा काम गर्ने रुची कसले पुरा गर्ला खै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *