यस्तो छ नीता–हरिहरको बिहे कार्ड, २४ मा बिहे पक्का(भिडियो रिपोर्ट)

१९ असार २०७९ ११:१४

नायिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी असारको २४ गते बैबाहिक जीवनमा बाँधिदैछन् । यो जोडीले काठमाडौंको याक एन्ड यति होटलमा बिहे गर्न लागेको हो ।

बैबाहिक समारोह बिहान १० बजेबाट सुरु हुनेछ । बिहेमा उनीहरुले परिवारका सदस्य, आफन्त र केही चलचित्रकर्मीलाई मात्र निम्तो गरेका छन् ।

नीता र हरिहरको बिहे कार्ड समेत विभिन्न व्यक्तिहरुको हातमा पुगिसकेको छ । असार २२ गते मेहेन्दी सेरेमोनी गर्ने योजना उनीहरुको छ । असारको २५ वा २६ गते उनीहरुले बिहे भोजको आयोजना गर्दैछन् । बिहे भोजमा भने उनीहरुले मिडियाकर्मी र फिल्मीकर्मीलाई पनि निम्तो गर्ने तयारी गरेका छन् ।

नेपाली फिल्ममा सक्रिय नीता र एउटा फिल्ममा अभिनय गरेका हरिहर केही बर्षदेखि प्रेममा थिए । तर, उनीहरुले प्रेम सम्बन्धको बिषयमा कहिले पनि मिडियामा स्विकार भने गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *