नेपाली रंग पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार कृष्ण भट्टराईले ‘कलाकर्मी डाइजेष्ट’ नामक म्यागेजिन बजारमा ल्याएका छन् । कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिकाको पहिलो अंकको आज विमोचन गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, नायक भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौलासहितका अतिथीले पत्रिकाको पहिलो अंक विमोचन गरेका थिए ।
बबिता ढकाल सम्पादक रहेको म्यागेजिन ६८ पृष्ठको छ । यो म्यागेजिनक हरेक महिना बजारमा आउने कलाकर्मी म्यानेजमेन्टका प्रमुख कृष्ण भट्टराइले जानकारी दिए ।
राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकर्मी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने आशा व्यक्त गरिन् ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कलाकर्मी सम्मान २०७९ बाट सम्मानित गरिएको थियो ।
समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास आफूहरुको रहेको बताए ।