विजयको ‘लाइगर’को फस्टलुकले फ्यान अचम्मित

१८ असार २०७९ १३:४८

साउथका सुपरस्टार नायक विजय देवेराकोन्डाले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘लाइगर’ अगष्टको २५ तारिखमा रिलिज हुँदैछ । यो चलचित्रमा उनले बलिउड नायिका अनन्या पाण्डेसँग पर्दा शेयर गरेका छन् ।

चलचित्रको प्रदर्शन मिति नजिकिएपछि यसको निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको छ । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यसले सामाजिक संजालमा आलोचना र बहस दुबै निम्त्याएको छ । चलचित्रको फस्टलुकमा विजय न्यूड अवतारमा देखिएका छन् । आफ्नो गोप्य अंगलाई रातो गुलाबले छेक्दै विजयले ट्विटरबाट फस्टलुक रिलिज गरेका हुन् ।

पुरी जगन्नाथको निर्देशनमा तयार भएको यो चलचित्रलाई एक्सन र रोमान्टिक अवतारमा तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *