‘संझना–विर्सना’को दोश्रो ट्रेलरमा पूजा–आकाशको प्रेममा छुल्ठिम भिलेन

१८ असार २०७९ ११:२२

असारको ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘संझना विर्सना’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको दोश्रो ट्रेलर पहिलो भन्दा राम्रो छ । अद्धितिय फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा निमेष प्रधानको कथा, पटकथा तथा निर्देशन छ । चलचित्रलाई अद्धितिय प्रधान र रेविका प्रधानको लगानी छ । चलचित्रमा सुभाष भुर्तेल कार्यकारी निर्माताको रुपमा छन् ।

यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतको अभिनय छ ।

चलचित्रले दार्जिलिङको चिया बगानमा काम गर्ने मजदुरहरुको कथा भनेको छ । साथमा आकाश, पूजा र छुल्ठिमको त्रिकोणात्मक प्रेमकथा पनि चलचित्रमा हेर्न सकिन्छ ।

चलचित्रमा तारा थापाको सम्पादन, शिव ढकालको छायांकन, कमल राइको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *