श्रद्धा र विनालाई ‘हे माया’ भनेर जिस्काउँदै सरोज र सुधिर

१८ असार २०७९ १०:५६

नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अनिल जोशी र रचना रिमालको स्वर, बिष्णु भट्टको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो सार्वजनिक गरियो । सेभेन ११ म्यूजिक फ्याक्ट्रिको प्रस्तुतिमा भिडियो तयार भएको हो ।

सार्वजनिक गीतले यूवतीहरुलाई यूवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् ।

भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ ।

निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्दले हतारमा यो भिडियो तयार पार्नुपरेपनि सबैको साथले राम्रो बनेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *