‘प्रसाद २’को नेतृत्व सुदर्शनले सम्हाले, विपिन, नम्रतासँगै अर्पण जोडिए

१७ असार २०७९ १३:१८

सुभाष थापाको प्रस्तुतिमा तयार हुने चलचित्र ‘प्रसाद २’को घोषणा भएको छ । बिहिबार आयोजना भएको पत्रकार सम्मेलनमा सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरियो । यो चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा विपिन कार्की, अर्पण थापा, नम्रता श्रेष्ठ, राज कटुवाल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन केही दिनमा नै सुरु हुने निर्माणपक्षले बताएको छ । चलचित्र ‘प्रसाद २’ ‘प्रसाद’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।

चलचित्र ‘प्रसाद २’मा राजनराज सिवाकोटीको संगीत, राजेश श्रेष्ठको छायांकन रहनेछ । फिल्मले ‘प्रसाद’ जहाँबाट सकियो, सोही ठाउँबाट कथाको उठान गर्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *