रातो सारीमा वर्षालाई लाग्यो तीज

१७ असार २०७९ ५:१२

नायिका वर्षा राउत पहिलेको जस्तो व्यस्त पछिल्लो समय छैनन् । वर्षाको हातमा ‘के घर के डेरा र लाखे’ नामक २ वटा फिल्म छन् । उनको व्यस्तता म्यूजिक भिडियोमा पनि खुबै हुन्थ्यो । तर, पछिल्लो समयमा उनी भिडियोमा पनि खासै चलेकी छैनन् ।

तर, तीज पर्व नजिकिएसँगै तीज गीतका भिडियोले भने वर्षालाई व्यस्त बनाउने देखिएको छ । उनले कल्पना कुसुमको नयाँ तीज गीतमा काम गरेकी छिन् । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको तीज गीतमा वर्षा रातो सारीमा सजिएकी छिन् ।

रातो सारी र सेतो कुर्ता सुरुवाल लगाएर छमछम नाँचेकी वर्षालाई तीज गज्जबले लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *