प्रचण्ड भेट्न खुमलटार किन पुगे राजेश हमाल ?

१७ असार २०७९ ४:३०

नेपाली चलचित्र क्षेत्रका सफल नायक राजेश हमाल आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे । माओवादी केन्द्र नजिकका संगीतकार चेतन सापकोटाको पहलमा भएको भेटमा देशको राजनीतिक अवस्था, कला क्षेत्रको विकासको बिषयमा कुरा भएको थियो ।

राजेश हमाल राजनीतिमा आउने चर्चा चलिरहेको समयमा प्रचण्डसँगको भेटलाई कतिपयले गहिरो रुपमा लिएका छन् । तर, भेटमा पार्टी प्रवेश गर्ने वा कुनै राजनीतिक दलमा लागेर राजनीति गर्ने बिषयमा हमालले कुरा नगरेको चेतनले जानकारी दिए ।

तर, हमालले प्रचण्डसँगको भेटमा सरकारले चाहेको खण्डमा कुनै पनि पदमा बसेर आफूले देशको सेवा गर्न चाहेको बताएका थिए । राजेश हमालको भित्री इच्छा कुनै दलमा लागेर राजनीति गर्ने भन्दा पनि कुनै देशको राजदुत बनेर देशको सेवा गर्ने रहेको वुझिएको छ । हमालले घुमाउरो शैलीमा प्रचण्डसँग यो कुरा व्यक्त गरेका थिए ।

प्रचण्ड र राजेशको यो पहिलो पटक हो । दुबैले एक अर्कासँग भेट गर्न चाहेकाले पनि यो संभव भएको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *