केकेको निधनको रहस्यः २५ सय क्षमताको हलमा ८ हजार दर्शक, एसीले काम गरेन

१८ जेठ २०७९ ११:२६

भारतका चर्चित गायक केके अर्थात कृष्णकुमार कुन्नथको ५३ बर्षको उमेरमा निधन भयो । कोलकत्ताको एक कन्सर्टमा गीत गाउने क्रममा अस्वस्थ भएपछि उनको अस्पताल लैजाने क्रममा निधन भएको हो । हजारौ दर्शकका विच कन्सर्ट गर्ने क्रममा उनको स्वास्थ्य अवस्था एक्कासी किन विग्रियो भन्ने बिषयमा यतिबेला मिडियामा चर्चा भैरहेको छ ।

उनी, कोलकत्तास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन पुगेका थिए । उनले बलिउड, तमिल, तेलुगु, कन्नड, मराठी, बंगाली, गुजराती गीतहरु गाएका थिए ।

केकेले गीत गाइरहेको स्थानमा एसी समेत विग्रिएको बताइएको छ । अत्याधिक गर्मीका कारण उनले बारम्बार पसिन पुछिरहेका थिए । यस्तै, उनले गीत गाउने क्रममा बोत्तलहरु प्नि फ्याकिएको थियो । अर्कोतिर, उनले गीत गाएको हलमा २४ सय दर्शक मात्र अट्ने बताइएको छ । तर, ८ हजार भन्दा बढी दर्शक उक्त कन्सर्टमा सहभागी थिए ।

अत्याधिक गर्मी भएका कारण केकेको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । उनले असहज महशुश गरेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको छ । उनका फ्यानहरुले निधनको छानबिन गर्न माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *