साहरुखको ‘जवान’ नेटफ्लिक्समा १२० करोडमा विक्री

१६ असार २०७९ १५:०३

आउँदो बर्षको जुन २ तारिखबाट रिलिज हुन लागेको बलिउड सुपरस्टार नायक साहरुख खानको चलचित्र ‘जवान’ चर्चामा छ । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको हो । साउथका सफल निर्देशक एट्लीको निर्देशनमा बनेको यो चलचित्रमा साहरुखको साथमा नयनताराको पनि अभिनय छ ।

यो चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने अड्कल काटिएको छ । यसैविच, रेड चिल्ली इन्टरटेन्मेन्टले निर्माण गरेको यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा महंगो रकममा बेचिएको छ । नेटफ्लिक्सले यो चलचित्रलाई १२० करोड भारतीय रुपैयाँमा किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

साहरुखको यो चलचित्रले रिलिज अगाडि नै विभिन्न प्लेटफर्मबाट लगानी उठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *