‘प्रकाश’को ‘जोर मैना’ गीत, प्रदीप–रेनुको उत्कृष्ट केमेष्ट्री

१६ असार २०७९ १४:३२

भदौको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रकाश’को गीतसंगीत, टिजर र फस्टलुकले दर्शकको मन जितिरहेको छ । नायक प्रदीप खड्कालाई विल्कुल फरक गेटअपमा प्रस्तुत गरिएको चलचित्रलाई लिएर दर्शक पनि उत्साहित छन् ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदीप खड्का, रेनु योगी, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको ‘जोर मैना’ गीत उत्कृष्ट छ । ध्रुव विस्कोको स्वर, दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीतले एक यूवाको यूवतीप्रतिको आकर्षण र प्रेमभाव प्रकट गरेको छ । विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी, अनिल मानन्धर र पिकेश मानन्धरको सह–लगानी छ ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा जीवन थापाको सम्पादन छ । कर्णालीको परिवेशमा तयार भएको चलचित्रले एक यूवाको सरकारी स्कुलको शिक्षक बन्ने चाहनालाई प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *