‘पछ्यौरी’मा बोल्ड इन्दिरालाई पछ्याउँदै इन्दिरा

१६ असार २०७९ १०:०१

नेपाली गायन क्षेत्रकी भर्सटायल गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ । बैबाहिक जीबनका बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको म्यूजिक र डान्सका केही स्टेपले चर्चा पाउने पका छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । प्रविणको कोरियोग्राफी उत्कृष्ट छ ।
भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *