‘जर्सी’ फ्लप भएपनि साहिदले बढाए पारिश्रमिक

१५ असार २०७९ १५:०४

चलचित्र ‘जर्सी’मा ३१ करोड पारिश्रमिक लिएर काम गरेका बलिउड नायक साहिद कपुरले नयाँ चलचित्रका लागि आफ्नो पारिश्रमिक झनै बढाएका छन् ।

उनलाई हालै मात्र एक निर्माताले चलचित्रको अफर गरेका थिए । जसका लागि उनले ३८ करोड पारिश्रमिक माग गरेका छन् । चलचित्र ‘जर्सी’ असफल भएपछि साहिदको पारिश्रमिक घट्ने अड्कल धेरैको थियो । तर, उनले भने चलचित्र असफल हुँदा पनि आफ्नो पारिश्रमिक बढाएका छन् ।

साहिदले महंगो पारिश्रमिक माग गरेपछि निर्माताले उनीसँग सोच्ने समय मागेका छन् ।

साहिदले यो बिषयमा भनेका छन्–‘यदि कुनै निर्मातालाई म एउटा रकमको हकदार छु भने त्यो मैले पाउनुपर्छ । यसमा कुनै पनि गलत कुरा छैन । आज रिक्सा चलाउनेले पनि आफ्नो पारिश्रमिक बढाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *