वेवास्ता गरेको भन्दै अल्लु अर्जुनसँग रिसाए फ्यान

१५ असार २०७९ १४:५८

चलचित्र ‘पुष्पा’को सफलतापछि साउथका सुपरस्टार नायक अल्लु अर्जुनको क्रेज विश्व बजारमा देखिएको छ । योसँगै अल्लु अर्जुनमा स्टारडमको घमण्ड बढेको भन्दै आलोचना पनि हुन थालेको छ । केही दिन अगाडि मोटाएको तस्वीर सार्वजनिक भएपछि ट्रोल भएका अर्जुन फेरि सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेका छन् ।

हालै मात्र आफ्नो परिवारसँग मुम्बइको विमानस्थल बाहिर देखिएका अर्जुनले फ्यानसँग तस्वीर खिचाउन आवश्यक ठानेनन् । विशेषगरि, उनी विमानस्थलबाट बाहिर निस्किए र आफ्नो कारमा गएर बसेका थिए । उनीसँग तस्वीर खिचाउन अगाडि सरेका फ्यानलाई पनि उनले वेवास्ता गरे ।

यो भिडियो मिडियामा आएसँगै उनीसँग फ्यान रिसाएका छन् । कतिपयले बलिउड स्टारको भन्दा पनि बढी घमण्ड देखिएको भन्दै आलोचना गरेका छन् । यस्तै, केहीले पनि साउथका स्टार नरम हुन्छन् भन्ने सुनेको तर आफूहरुले अल्लुमा त्यस्तो नपाएको भन्दै आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *