सुरक्षा र नरेनको ‘बुलाकी’ कार्तिक १८ मा

१५ असार २०७९ १३:४१

नायिका सुरक्षा पन्त, नायक नरेन खड्का र कलाकार विराज बिष्टको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र कार्तिकको १८ गतेबाट रिलिज हुने पक्का भएको छ । कर्णाली भेगको जीवनशैली, त्यहाँको संकृतिलाई समेटेर यो चलचित्र निर्माण भएको छ । पोष्टरमा चलचित्रका तिनै जना कलाकार देखिएका छन् ।

पोष्टरमा सुरक्षाले डोको बोकेकी छिन् । उनलाई गाउँकी एक यूवतीको गेटअपमा प्रस्तुत गरिएको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा राजबहादुर सानेको कथा, राजबहादुर, लक्ष्मण, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद, टोपेन्द्र बिष्टको लगानी छ ।

शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *