झिँगा, सिक्का र केकीको स्वरमा ‘झिँगे दाउ’को टाइटल टिजर

१५ असार २०७९ १३:२९

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिँगे दाउ’को टाइलट टिजर सार्वजनिक गरिएको छ । निर्देशक देउजाले टिजरले चलचित्रको कथासार भन्न खोजेको बताए । चलचित्रको टाइटल टिजरमा झिँगा, सिक्का र नायिका केकी अधिकारीको स्वर मात्र सुन्न सकिन्छ ।

भदौको १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम सकिएको छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्र भिमनिधी तिवारीको ‘झिँगेदाउ’ पुस्तकमा आधारित छ । प्रदीप भारद्धाजको पटकथा तथा संवाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानीमा बनेको चलचित्रमा सुशिल दाहाल र इश्वर घिमिरे सह–निर्माताको रुपमा छन् । यो चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट मुख्य भूमिकामा छन् । चलचित्रमा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिएका छन् । रामजी लामिछानेको चलचित्रमा कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *