होम प्रोडक्शनबाट फिल्म बनाउँदै प्रियंका, दुब्लाएपछि दंग

१५ असार २०७९ १३:१४

नायिका प्रियंका कार्कीलाई आमा बन्नु भन्दा अगाडिको फिगर बनाउन सहज भैरहेको छैन । तर, उनी आफूलाई पुरानै फिगरमा ल्याउनका लागि दैनिक मिहिनेत गरिरहेकी छिन् । नायिका कार्कीले हाम्रो सिनेमासँग भनिन्–‘अहिले त मलाई कसैले भेट्दा के छ हालखबर भनेर सोध्दैनन् ? बरु सिधै, तिमी त कस्तो दुब्लाएछौं है भनेर सोध्छन् ।’

नायिका कार्कीले आफू पहिलेकै तौलमा पुग्नका लागि अब ५ केजी मात्र दुब्लाउन बाँकी रहेको बताएकी छिन् । तर, सामाजिक संजालमा आफ्नो फोटो प्रयोग गर्दै दुब्लाउनका लागि विभिन्न सामाग्री प्रयोग गरेको भन्दै गरिएको प्रचार झुट भएको उनको तर्क छ ।

नायिका कार्कीले आफू अब चाडै नै होम प्रोडक्शनको चलचित्रमा देखिन लागेको समेत बताइन् । उनले भनिन्–‘म अहिले नै यही चलचित्रमा काम गर्दैछौ भनेर भन्दिनँ । तर, एउटा चलचित्र त मेरो होम प्रोडक्शनबाट नै बन्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *